• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरी पब्लिकमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम




श्रवण कुमार यादव
लमही। दाङ देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कूलमा यस वर्षको विजया दशमी, शुभदिपावली र छठ पर्वकाे अवसरमा दशैँ मिलन, शुभकामना आदानप्रदान तथा एस.ई.ई. ब्याच २०८० लाई सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणमा मात्रै नभई, विद्यार्थी, शिक्षक र अभिभावकबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन, विशेषतः विद्यार्थीहरूलाई दशैँको महत्त्व र यसले नेपाली समाजमा गर्ने एकताको सन्देशको बारेमा बुझाउन कार्यक्रमले विशेष भूमिका खेल्ने गर्दछ। देउखुरी पब्लिक स्कूलले शैक्षिक क्षेत्रका साथै सांस्कृतिक तथा सामाजिक गतिविधिमा समेत आफ्नो पहिचान बनाउन सफल भएको पाइन्छ।

कार्यक्रमको प्रमुख अतिथि तथा विद्यालयका शेयरधनी रत्नकुमार केसीले कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम र आफ्ना परम्पराप्रति गर्वको भावना जगाउने उल्लेख गर्नुभयो। उहाँले विद्यालयले आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्दै समाजका लागि उदाहरणीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक भूमाण्डप केसीले हाम्रोे समाजका परम्परा र रितीरिवाजले समाजमा विभिन्न किसिमका विभेदहरु छन् ति विभेदलाई अन्त गरेर एउटा राम्राे, प्रगतिशील, समालोचनामूलक र न्यायपूर्ण समाजको निर्माण गर्ने प्रेरणा दिउन भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

विद्यालयकी शिक्षिका सिमा भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकोे सञ्चलन भने शिक्षक सन्दिप खनालले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सबैलाई टिका र जमरा लगाएर एकअर्कालाई दशैँको शुभकामना आदानप्रदान गरिएकाे थियाे।

Facebook Comments