घोराही । स्नताक तहमा अध्यापनरत विद्यार्थीहरुका लागि प्रस्ताव र अनुसन्धनात्मक कार्यशाला सम्पन्न भएको छ । घोराही १६ सानीअम्बपुरस्थ्ति राप्ती इञ्जिनियरिङ कलेजको आयोजना दुई दिनसम्म चलेको कार्यशाला आज सम्पन्न भएको हो ।
कार्यशालाको सहजीकरण गर्दै सहजकर्ता प्राध्यापक डाक्टर टेकराज ज्ञवाली र सहायक प्राध्यापक रामप्रसाद पौडेलले आफूलाई सक्षम बनाउन र विभिन्न प्रतिस्पर्धाहरुमा आफूलाई अब्बल सावित गर्न रिसर्च अपरिहार्य रहेको बताउनुभयो । विभिन्न उदाहरण, स्लाईड प्रस्तुती तथा अनुसन्धानका विभिन्न नमुनाहरुको माध्यमबाट अनुसन्धान(रिसर्च) पद्धतीको बारेमा जानकारी गराउनुभएको थियो ।
यस्तै, कलेजका कार्यकारी निर्देशक शैलेन्द्र गीरीले विश्वव्यापी रूपमा एआईको विकास र प्रयोग बढ्दै गएको एआईको प्रयोगकाबारेमा जानकारी गराउनुभएको थियो ।
कार्यशालाको समापनको अवसरमा कार्यशालामा सहभागी समूहका प्रतिनिधिले शैक्षिक अनुसन्धानमूलक कार्यशालामा तयार पारिएका लेखहरुको सार प्रस्तुत गरेका थिए । स्नातक तहमा अध्ययनरत अनुसन्धान (रिसर्च) गरिरहेका विद्यार्थी तथा स्नातकोत्तर तहमा सोधपत्र (थेसिस्) लेखिरहेका तथा लेख्ने तयारीमा रहेका विद्यार्थीलाई मध्यनजर गर्दै उक्त कार्यशालाको आयोजना गरिएको कलेजका प्रिन्सिपल रशेम गीरीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी भएपश्चात् आफूहरुले रिसर्च कसरी गर्ने, किन गर्ने, रिसर्च गर्दा आफूलाई के–के फाइदा हुन्छ भन्ने कुरामा स्पष्ट भएको एक सहभागी विबेक सुनारले बताउनुभयो । कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदानगरिएको थियो भने कलेजको प्रबन्ध निर्देशक डाक्टर भिसेन गीरीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।।
कजेलका कार्यकारी निर्देशक डाक्टर शैलेन्द्र गीरीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजिकरण शिक्षक विश्वबन्धु थापाले गर्नुभएको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।