तुलसीपुर । प्रेस सेन्टर शान्तिनगरको अध्यक्षमा एनवि निर्दोषलाई चयन गरिएको छ । शनिबार भएको भेलाले निर्दोशको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा प्रशान्त परियार, सचिबमा किरण कडेँल र कोषाध्यक्षमा पदमा केसीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा शोभा विक, सुरज पुन, सदिप केसी, पार्वति विक, सृजना घर्ती, टीका घर्ती मगर, राज विक र नन्दलाल विकलाई चयन गरिएको छ । साथै बैठकले विरबहादुर विकलाई सल्लाहकारमा चयन गरेको छ ।
प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरण शर्माको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष नेवबहादुर रोकाको विशष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।