तुलसीपुर । निरन्तरको वर्षाले विभिन्न स्थानमा पहिरो खसेपछि राप्ती लोकमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उहाँले जानकारी दिनुभयो ।
केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको जानकारी दिंदै सहायक प्रजिअ पुनले आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठुला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको बताउनुभयो । साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।