• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजनीतिसँगै व्यवसायमा जोडिए कांग्रेसका सभापति रावत, अध्यक्ष जोशीले गरे उद्घाटन




दाङ । राजनीतिमा संलग्न भएकाले व्यापार व्यवसाय गर्नुहुँदैन र चन्दा मात्रै उठाएर खानुपर्छ भन्ने मान्यता छ । नेपालमा मात्रै नभई दक्षिण एशियामा नै यस खालको प्रवृत्ति व्याप्त रहेको छ । सामाजिक चरित्र पनि यस्तै खालको छ ।

अर्थराजनीतिक दृष्टिकोणबाट हेर्दा पनि यस क्षेत्रमा त्यस्तो मान्यतालाई सामान्य रुपमा नै लिइन्छ । राजनीतिलाई नै कमाई खाने भाडो बनाउने वा त्यही नै पेशा हो भन्ने विकृत प्रवृत्तिले जरा गाडेको छ ।

राजनीति विशुद्ध समाजसेवा हो । यसलाई पेशा व्यवसाय बनाउन मिल्दैन । सिद्धान्ततः र व्यवहारतः पनि राजनीति समाजलाई डोर्याउने विशुद्ध सामाजिक कर्म हो । तर, राजनीतिलाई नै पेशा व्यवसाय बनाउनेहरुको भीडमा एकाध राजनीतिज्ञले आफूलाई फरक रुपमा प्रस्तुत गरेका छन् ।

नेपाली समाजमा राजनीति गर्नेलाई हेर्ने दृष्टिकोण राम्रो छैन् । राजनीतिकर्मी देख्ने बित्तिकै भ्रष्टाचारी आयो भनिन्छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण पनि युवामा राजनीति र राजनीतिकर्मीप्रति चरम वितृष्णा जागेको छ ।

यही क्रममा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका सभापति तथा युवा नेता तिलक रावतले  आफूलाई फरक देखाउने प्रयास गरेका छन् ।

घोराहीमा गोल्ड स्टार कम्पनीको जुत्ता चप्पल बिक्री केन्द्र सोमबारदेखि संचालनमा लिएको छन्  ।  ‘आर्टी सप्लायर्स’ पसल सञ्चालनमा आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ  अध्यक्ष वसन्त जोशीले  एक औपचारिक कार्यक्रममा गरि सप्लायर्सको उद्घाटन गरेका थिए  ।

उद्घाटन गर्दै अध्यक्ष जोशीले गुणस्तरीय सेवाले नै ग्राहकको मन जित्ने भन्दै  व्यवसाय संग मानविय सेवालाई पनि जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय कमाउने नाममा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै उहाँले व्यवसायीक एकतामा जोड दिनुपर्ने बताए  ।

सप्लायर्सका संचालक रावतले  आकर्षक र बलिया जुत्ताहरु उपलब्ध गराउन सक्ने भन्दै आर्थिक लाभ भन्दा पनि सेवालाई पनि प्राथमिकता दिने बताउनुभयो ।

Facebook Comments