घोराही। संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाइँदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ ।
नमूना संसदमा जसरी संघीय संसद भवनमा बैठक बस्छ त्यसै गरी प्रदर्शन गरीएको हो । झट्ट हेर्दा साच्चिकै संसदनै चलेको जस्तो अनुभव गर्न सकिन्थ्यो ।
नमूना संसदमा देशको तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढल्छ । सो लगत्तै दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपि ओलीको सरकार बन्छ । त्यसको केहि समयपछि वली सरकारपनि ढल्छ त्यसपछि नँया सरकार प्रमुखको रुमपा डा सन्दुक रुइत नेपालको प्रधानमन्त्री नियुक्त हुन्छन् ।
उनी आफु प्रधानमन्त्रीमा नियुक्त भएपछि संविधान संसोधन गरेर नेपालको प्रधानमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने ब्यबस्था गर्छन र निर्वाचन सम्पन्न गराउछन । प्रत्यक्ष निर्वाचन प्रणालीबाट देशमा स्वतन्त्र युवा बालेन शाह प्रधानमन्त्री बन्छन र देशलाई विकसित मुलुक जस्तै बनाउन निकै मेहनत गर्छन् । त्यसपछि २०८१ सालमा निर्वाचित बालेन शाहले १९ बर्षपछि २१०० सालमा देशको कायाप्लट भएको नमूना सार्वजनिक गरिएको थियो । गुरुकुलका विद्यार्थीहरुले देखाएका जुन दृष्य थियो त्यसै गरी देशमा लागुभएमा देशले पक्कै पनि गति लिने उपस्थिक दर्शकहरुले बताएका थिए ।
गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकासका प्रमुख देवमनि चौधरीले विद्यार्थीहरुले देखाएको नमूना संसदबाट बास्तबिक संसदको अनुभव गर्न सकिने बताउनुभएको थियो साथै उहाँले गुरुकुल एकेडमीले यो अवसर जुराइदिएकोमा धन्यबाद समेत प्रकट गर्नुभएको थियो । यस्तै नागरीक समाज दाङका संयोजक निम बहादुर थापाले संसदको शिक्षा पुस्तकमा मात्र सिमित नभई ब्यबहारीक अभ्यासबाट विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताउनुभयो ।
कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा। कृष्णराज डिसीले शुभकामा मन्तब्य राख्नुभएको थियो । गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक बिबेक देबकोटाले गर्नुभएको थियो । नमूना संसद कार्यक्रमको निर्देशकमा विद्यालयका आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो भने प्राबिधिकमा इसिए संयोजक विशालमान श्रेष्ठ रहनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।