कमल खड्का
रोल्पा । होलेरीमा बाख्रापालन तथा बजारीकरणसम्बन्धी तीनदिने तालिम सुरु भएको छ । डिकोस रोल्पाको समुन्ति परियोजनाको आयोजना तथा रुन्टीगढी गाउँपालिका पशु शाखाको समन्वयमा मंगलबारदेखि तालिम सुरु भएको हो ।
रुन्टीगढी गाउँपालिकाका कृषकको माग अनुसार तालिम संचालन गर्न लागिएको हो । तालिम आजबाट तीन दिनसम्म संचालन गरिने भएको छ । तीन दिनसम्म संचालन गरिने रुन्टीगढीका बिभिन्न कृषक समूहहरुबाट २१ जना बाख्रा पालन कृषकहरुको सहभागिता रहेको छ ।
तालिम उद्घाटन समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा उद्घाटन समारोहका अध्यक्ष सरिता केसीले बाख्रा पालन व्यवसाय अन्य व्यवसाय भन्दा सजिलो व्यवसाय भएको बताउनुभयो । तालिम लिइसकेपछि व्यवसाय राम्रो बनाउन सकेमात्र राज्यको लगानी सही ठाउँमा सदुपयोग हुने समेत बताउनुभयो ।
रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको अध्यक्षता, रुन्टीगढी गाउँपालिका पशु शाखा प्रमुख श्यामणी वि क, समुन्ति परियोजना उद्यम बिकास अधिकृत भिम बहादुर खत्री, समुन्ति परियोजना कृषि प्राबिधिक यमराज घर्तीको आतिथ्यतामा तालिम सुरु भएको हो । ३ दिनसम्म संचालन हुने तालिमको प्रशिक्षक रुन्टीगढी गाउँपालिका पशु शाखा प्रमुख श्यामणी विक रहनु भएको छ । होटेल जलजलामा भइरहेको तालिममा बाख्रा पालन व्यबसायलाई कसरी व्यवस्थित र बजारीकरण गर्न सकिन्छ भन्ने उदेश्यका साथ संचालन गरिएको हो । तालिम उद्घाटन सत्रको सहजीकरण समुन्ति परियोजना सामाजिक परिचालक यादब गिरीले गर्नुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।