बालाराम शेर्पाली
रुकुमपूर्व ।भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम जिल्लाको भूमे गाउँपालिकाको एक कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउँपालिका वडा नं.५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवीतर्फ आर्कषित भएका हुन्।
बजारमा माग राम्रो भएको एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकोले किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन्। किवी खेतीबाट राम्रो आम्दानी हुने र एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने हुँदा पुन: अन्य बाली लगाउन भन्दा व्यावसायिक किवीखेतीमा लागेको उनको भनाइ छ। अहिले उनले भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङमा आफ्नै १५रोपनी जग्गामा व्यावसायिक केवी खेती गरेका छन् । त्यतिमात्र होईन उनले घर परिवार सबैलाई खान पुग्ने तरकारी र सात सय भन्दा बढी लोक्ल कुखुरा पनि पालेका छन् ।
उनले कुखुराबाट मासिक २० देखि २५ हजारसम्म कमाउछन । विदेश जानलाई बनाएको पास्वर्ड सिरानिमा राखेका छन् । उनको हातमा वियदको प्रमान छ। अहिले उनी उमेरले ३८ बर्ष भएका छन्। “बिभिन्न पुस्तक तथा यटुवहरुमा किवी खेंती प्रबिधीको बारेमा अध्ययन गरेका ” कृषक पुनले भने-“धैरे स्थानमा रहेका किवी फर्महरुको पनि अबलोकन गरेर परीक्षणको रुपमा सुरुको बर्षमा लगाएको बोटले राम्रै फल दिन थालेपछी करिब १० लाख लगानीकमा २०७७ सालको माघ महिनाबाट सुरु गरेको पुनले २ बर्षमै फल दिन्छ भन्ने कुरामा बिस्वास नलागेको खुसिहुदै बताएका छन । भूमे गाउँपालिका उचाइको हिसावले किवी खेति गर्न उपयुक्त हुने पत्ता लागेपछि किवि खेतीतर्फ आफु आकर्षण भएको र अहिले पोथी जातको हेवार्ड ,एलिसन बुरनो,रेड किवी , गोल्डेन र भाले जात अन्तर्गत टुमरो एलेसन जातका किबी लगाएका छन्।
यस्तै माहोनसिंह पुनले गरेको ब्यबसायिक खेति हेर्दै डालिबाङको ५९ बर्षीया निम बहादूर बुढाले पनि करिब १ सय भन्दा वढी किवी खेती गरेका छन् । उनी भन्छन् – मैले ब्यबसायिक खेति सुरुवात गरे भने किवी खेतीबाट भोलिको छोरा नाटीले पनि ब्यबसायीक खेति गर्ने छन भन्ने बन्ने लक्ष राखेको निम बहादूरले बताएका छन । डालिबाङको माहोनसिंह पुनले मकै फल्ने बारी मासेर ३ वर्षअघिबाट किवीको व्यावसायिक खेती ३०० भन्दा बढी बिरुवा लगाएर व्यावसायिक खेती गरिरहेको बताएका छन । आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुन्छ । बाँकी भने बाहिरी जिल्लामा बिक्री गर्ने माहोनसिंह पुनले जानकारी दिएका छन्। किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको उहाको भनाइ छ।आफ्नो ब्यबसायिक केवि बारी देखि लगभग ५ कि मि नजिकै मध्यपहाडी लोकमार्गसमेत रहेको छ।
१५रोपनिमा उत्पादन भएको किवीले राम्रो बजार पाउने आशावादी रहेको पुनको भनाइ छ। उहाँले भन्नुहुन्छ ‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ। सडकको पहुँच वृद्धि भइरहेको छ। आगामी दिनमा बजारीकरणसमेतमा थप सहजता हुने आशा बढेको छ। कृषक वुढाले भने।यस खेतिबाट फल लिनको लागि तीनदेखि चार वर्षसम्म लाग्छ। तर अन्यबालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। मैले अध्यन र अनसन्धान गरेर अहिले गाउँमै किवीको खेतीमा लागेको हुँ।किवी खेतीबाट सोचेजस्तो आम्दानी लिनको लागि सुरुमा जमिन तयार गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ। पहिलो पटक खेती विस्तार गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उनले बताए। कृषक पुनले भने, ‘खास गरेर किवीको बिरुवा हिउँद महिना अर्थात पुसदेखि माघको अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ। विरुवा विस्तार गर्नु पूर्व नै प्राङ्गारिक मल कुवाएर लगाएमा राम्रो फस्टाउँछ। उत्पादिन भएको किवीलाई स्थानिय सरकारले बजारीकरणमा ध्यान दिनुपर्ने किसानको भनाइ छ।
मलाई लाग्छ जिलाको पूर्वी भागलाई अर्गानिक जिल्ला घोषणा गरिसकेपछी ‘किवी खेती किसानको आर्थिक अवस्था सुधारमा टेवा पुर्याउने बाली हो। एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरुपमा आम्दानी लिन सकिन्छ। उनी भन्छन् -त्यसैले यसको थप विस्तारमा स्थानीय सरकारको सहयोग गर्न आवश्यक रहेको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।