दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो । कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाज सुधारमा मानव सेवा आश्रमले महत्व पुर्ण काम गरेको बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले सामाजिक कार्यमा दाङ जिल्ला उद्योग वाणिज्य संघ सहकार्य गरेर अगाडि बढने बताए । ‘सामाजिक कार्यमा उद्योग वाणिज्य संघ तयार रहेको छ’ उनले भने । आश्रमका अध्यक्ष रामजी अधिकारीले २०८२ को अन्तय सम्म नेपालमा सडकमा आश्रीत मानव मुक्त वनाउने योजना रहेको बताए । यसका लागि सबै क्षेत्रको आवश्यक रहेको उनले बताए । अहिले देशका विभिन्न स्थानमा गरेर करिव १७ सय लाइ सेवा गरि रहेको उनको भनाइ रहेको छ । अभियानकै क्रममा हाल सम्म १ सय ३० जनालाइ उद्धार गरिएको समेत अध्यक्ष अधिकारीले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।