बालराम शेर्पाली
रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिकाको वडा नम्बर ८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे उद्घाटन गरिएको छ। रुकुमपूर्वका कृषकले उत्पादन गरेको कृषि उपज सामग्री ओसारपसारका लागि वडा नम्बर ८ को कुचिबाङमा ग्राभिटी गुड्स रोप सन्चालनमा ल्याईएको हो । यूकेएडको आर्थिक सहयोगमा र प्राक्टिकल एक्सन विकास डी-कोष समाजको प्राविधिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।
वडा नम्बर ८ को स्थानीयवासीको आवश्यकतालाई बुझ्दै भूमे गाउँपालिका समन्वयमा कुचिबाङ काडाबगर गुड्स रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका देवदत्त भट्टले जानकारी दिनुभएको छ।
वडा नम्बर ४ को काडाबगरबाट वडा नम्बर ८ को कुचिबाङसम्म निर्मान भएको ग्राभिटी गुड्स रोपवे १ हजार १ सय ४४ मिटर ग्राभिटी गुड्स लम्बाइ रहेको छ। ४ सय ८४ मिटर उचाईमा रहेको छ, भने कोण डिग्री २५ रहेको छ। ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा रोपवेको निर्माण भएको ग्राभिटी गुड्समा स्थानीय नागरिकले ५ लाख ३६ हजार २ सय ५६ रुपयाँ जनश्रमदान गरेको रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले जानकारी दिनुभएको छ। जसमा उक्त ग्राभिटी गुड्सबाट वडा नम्बर ८ को कुचिबाङ छमाल्ने माल्लुङ झिम्काको कृषकले सेवा लिन पाउने छन् ।
कुचिबाङबाट काडाबगरसम्म ९० किलो र काडाबगरबाट कुचिबाङ ३० किलो सामान ओसारपसार गर्न सकिने रोपवे व्यवस्थापनको अध्यक्ष रोकाले बताउनुभएको छ।सामान ओसारपसार गर्न बढीमा ३मिनेट लाग्ने गरेको उहाँ भनाई रहेको छ।
वडा नम्बरको स्थानीय जिबन सुनारले भन्नुहुन्छ -`पहिले हामिले उत्पादन गरेको कृर्षी उपज रुकुमकोट बजार सम्म पुर्याउन ५ घन्टा भारी बोकेर हिड्नु पर्थो यो समस्या समाधान भएको छ। ३ मिनेटमै सामन पुगेपछि खुसी भएका छौ ।´ घरदेखि हामीले उत्पादन गरेको फलफुल बजार सम्म पुर्याएर बजारदेखि दैनिक उपभोग्य दाल चामल तेल र किराना सामान ओसारपसार गर्न मिल्दा केहि दुख गएको सुनारको भनाई रहेको छ।
भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उप-प्रमुख मोहन बहादुर केसी, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकको बिशेष आतिथ्यता रहेको थियो।
उक्त ग्राभिटी गुड्स रोपवे उद्घाटन कार्यक्रममा भूमे गाउँपालिकाको पूर्व अध्यक्ष रामसुर बुढा मगर, ८ नम्बर वडा अध्यक्ष दिनेश रोका, एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख पिताम्बर बस्नेत, डिकोस नेपालका अध्यक्ष देव ओली, रोपवे नेपालका प्रबिधिक शोभा कान्त काफ्ले, डिकोस नेपाल समुन्नति परियोजना संचालक संयोजक बिर्जड पुन , पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती लगायत स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्ञालन चन्द्र रसाइलीले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।