प्रेम क्षेत्री
होलेरी, २९ माघ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ७ मा पर्ने शिवपार्वती गुफाले सधैं झै यसपाली पनि विभिन्न खेलकुद , मनोरञ्जन, कृषि प्रदर्शनी र शिक्षालाई मध्यनजर गर्दै हाजिरी जबाफ लगायतका कार्यक्रमहरु गर्ने भएको छ ।
माघ २७ गते बसेको शिव पार्वती गुफा तथा प्राकृति संरक्षण बिकास संस्थाको बैठक अध्यक्ष टेकलाल पुनको संयोजकत्वमा बसएको बैठकले उक्त निर्णयहरु पारित गरेको हो ।
रोल्पाका विभिन्न पर्यटन स्थलहरु मध्य निकै आकर्षक देखिने शिव पार्वती गुफा रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ७ को झेनाम मा पर्दछ । ऐतिहासिक ठाउँ होलेरी देखि करिब १ किलोमीटरको दुरिमा पर्ने उक्त गुफा पछिल्लो चरणमा पर्यटकीय गन्तव्यले लोकपि्रयता पाइरहेको छ । दैनिक जसो आउने पर्यटकहरूको संख्या बढेतापनी टाढा बाट आउने पर्यटक सहिदमार्गको कष्टकर यात्रा र प्रचारप्रसारको अपुगताले सोचेको जस्तो पर्यटक भित्र्याउन नसकेको अध्यक्ष पुनले गुनासो राखे ।
पर्यटन पुर्वाधार समृद्धिको आधार भन्ने मुल नाराका साथ फाल्गुन ३ देखि संचालन हुने उक्त कार्यक्रममा सरोकारवाला ब्यक्ति, कार्यक्रममा सहभागी जनाउन चाहने ब्याक्ती, संघ,संस्था, क्लब हरुलाई निमन्त्रणा सम्म गरेको छ ।
यश गुफामा तपाईंको योगदान र आगामी ध्यान भन्ने प्रश्नमा शिव पार्वती गुफा संरक्षणमा बिगत देखि महत्त्वपूर्ण योगदान गर्दै आएको र अहिले झनै राज्यको जिम्मेवारी पदमा बसेकोले यसमा ध्यान नजाने कुरै भएन अध्यक्ष पुनले हामी संग बताए । सामान्य नजरले हेर्दापनी अध्यक्ष पुनले उक्त गुफाको नेतृत्व लिएदेखी केही सुधार चाहिँ अवस्य भएको देख्न पाइन्छ । बरु उनले थपे तपाई मिडियाकर्मीहरुले हाम्रो अपुगता औंल्याइदिनुस साथै गुफाको प्रबर्द्धनका लागि प्रचार गरिदिएर सहयो गरिदिनुस। हामी चाहन्छौ पर्यटन बिकास नै राष्ट्रको एक समृद्धिको आधार हो । समृद्धिको बाटोमा तपाईं हामी सबैको हातेमालो हुन जरुर छ अध्यक्ष पुनको भनाइ थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।