• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेवाग्राहीले वडा कार्यालयमा लगाएको ताला ३ बुँदे सहमति पश्चात् खुल्यो




श्रवण कुमार यादव / मेगमन बुढा / टोपेन्द्र खनाल
राजपुर, १८ पुस। दाङको राजपुर गाँउपालिका कठबेरुवामा रहेको १ नम्बर वडा कार्यलयमा समाजिक सुरक्षा भत्ता बितरण कार्यमा चरम लापरबाही गरेको भन्दै भत्ता प्राप्तीका लागि आएका सेवाग्राहीहरुद्वारा वडा कार्यालयमा गरिएको तालाबन्दी ३ बुदे लिखित सम्झौता गरेपश्चात् खोलिएको छ।

जनप्रतिनिधि र बैंकको ज्यादातीविरुद्धको आन्दोलन गर्दै आएका सेवाग्राहीहरुले वडामा तालाबन्दी गरेका हुन् । वडा भित्र वडाका जनप्रतिनिधि, वडा सचिव, वडाका सहयोगीहरू र बैँकका कर्मचारीहरु थुनिएका थिए। सामाजिक सुरक्षा भत्ता समयमा दिन आनाकानी गरेको उनीहरुको आरोप छ । गाँउपालिकाबाट अध्यक्ष, उपाध्यक्ष र बैंकबाट हाकिम लगाएतका टोली नआउँदासम्म ताला नखोल्ने सेवाग्राहीहरुको उद्घोष थियो।

तिन/तिन महिनाको अवधिमा वितरण हुने भएता पनि ६ महिना बितिसक्दा पनि समाजिक सुरक्षा भत्ता नपाएको राजपुर १ कठबेरुवाका जेष्ठ नागरिक टिका केसीले बताइन। उनले हामी टाढा-टाढाबाट आउने जाने दुःख पाएका छौं। हामीलाई विहान १० बजे बोलाएर दिउँसो ३ बजे मात्र बैंकबाट कर्मचारी आएको र भत्ता बितरण कार्यलाई सुचारु गर्न नसकेकोले आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताइन्।No description available.

यता वडाध्यक्ष सुर्य प्रसाद चौधरीले बैंकको जात्तिवित्तिका कारण भत्ता वितरण गर्न नसकेको बताउँछन् । उनले बैंकका हाकिमलाई बारम्बार सम्पर्क गर्न खोज्दा फोन नउठाएको आरोप लगाएका छन्। बैंकबाट कर्मचारी नआइपुग्दा यस्तो समस्या भएको बताए।

त्यस्तै यस विषयमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीसंग बुझ्दा अहिले राजपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रत्येक वडा कार्यालय र अशक्त,बहुवृद्ध जेष्ठनागरिकलाई गाउँ,घारमै पुगेर भत्ता प्रदान गर्ने उदेश्यका साथ ग्लोबल आइएमई बैंकसंग समन्वय गरि अघि बढ्न लागेको हुँदा ढिलो भएको बताए । पहिलोपटक बैंक परिवर्तन गरि सेवा प्रदान गर्न लागेको हुँदा यसरी समस्या भएको र अबदेखि त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने समेत अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यता ग्लोबल आइएमई बैंकका प्रमुख प्रदिप गौतमसँग बुझ्दा बैंक बाट कर्मचारी पाउने ३ बजे वडा कार्यपालिका पुगिसकेको थिए यसमा आफूहरु र गाउँपालिकाको कारणले समस्या भएको होइन कि नेट नभाको कारणले टाइममा चेक दिन नसके पछि हल्ला भएको बताए। कर्मचारी यहाँ पुग्दा चेकमेन्ट दिष्ट्रीबुट गर्न नदिई ३ बजेकै हाराहारीमा बन्द गरेकै कारण वितरण गर्न नसकिएको बताउछन्।No description available.No description available.

यसैबिच वडा कार्यालयमा लागेको ताला खुलाउने विषयमा वडा अध्यक्ष सुर्यप्रसाद चौधरीको अध्यक्षता बसेको बैठकमा राजपुर गाउँ पालिका उपाध्यक्ष धनपतीदेवि यादव , राजपुर गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पान्डे, ग्लोवल आईएमइ बैंक प्रमुख प्रदिप गौतम , ईलाका प्रहरी कार्यालय प्रमुख रन्जु केसी,पत्रकार टोपेन्द्र खनाल लगायत तालाबन्दी पक्षधर प्रतिनिधीको संयुक्तरुपमा बसेको बैठकबाट ३ बुदे लिखित सहमती कायम भएपश्चात् ताला खोलिएको हो ।

सहमतीमा हालको भत्ता बितरण कार्य पौष १८ गते बिहान १० बजेदेखी बितरण गर्ने, खाता अपडेट नभएका सेवाग्राहीहरुले खाता अपडेट गर्ने दोस्रो सामाजिक सुरक्षा भत्ता त्रैमासिक सकिएको १५ दिनभित्र बितरण गर्ने भन्ने रहेको छ ।

Facebook Comments