• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयस्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योतिलाई, गोरखा उपविजेता




दाङ, १० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगरको आयोजनामा भएको विद्यालय स्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योति एजुकेसनल एकेडेमीले चुमेको छ ।

भलिबल खेलको उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलबिच खेल भएको थियो ।

आज भएको फाइनल खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमीले पहिलो सेटमा २५-१९ र दोस्रो सेटमा २५-१८ले गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुललाई पछाडि पार्दै उपाधि चुमेको हो ।

उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमीसँग फिल्डमा भिडेको गोरखा फस्ट रनर अप बन्दै उपविजेता भएको हो ।

सेकेन्ड रनर अपका लागि मेचीकाली मावि र दीपशीखा माविबिच खेल भएको हो । पहिलो सेटमा २५-९ र दोस्रो सेट २५ -१७ मा दीपशिखा माविलाई पछाडि पार्दै मेचीकाली मावि सेकेन्ड रनर अप भएको हो ।

आज भएको सेमिफाइनलका लागि भएको खेलमा दीपशिखा माविले पशुपति विद्याश्रमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।No description available.

त्यस्तै मेचीकाली माविले अर्किड एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

ज्ञानज्योति एजुकेसनल एकेडेमीले स्टार माविलाई
पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।No description available.

गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीले ज्योतिपुञ्ज आवासीयलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलको खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमी दीपशिखा माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले मेचीकाली माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

खेलमा प्रादेशिक रेफ्रीको भूमिका हेमराज घर्तीले निभाएका थिए ।

कार्यक्रमको समापन अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Facebook Comments