• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शीतलहर र हिमपातको जोखिमबाट बच्न मन्त्रालयको आग्रह




स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिनुहुन्छ  ।

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न  शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहोरोदोहोरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्दछ । 

यस्तै आमाको दूध खाने बच्चालाई नियमितरुपमा स्तनपान गराउन, तातो तथा पोसिलो झोल पदार्थ प्रशस्तमात्रामा सेवन गराउन र धुमपान तथा मद्यपान नगर्न मन्त्रालयको आग्रह छ ।शीतलहर तथा चिसोमा मुटु रोग, हृदयाघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन् । 

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै  सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट, आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्नसमेते आग्रह गरेको छ । रासस

Facebook Comments