रोल्पा, १ पुस । रोल्पामा एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अमरवहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २०५० असोज ३१ गते राति ९ वजेको समयमा साविक गैरी गाउँ गाविस वडा नं. ९ राम्ली धुलसीबोट खोलामा सोही ठाउँ वस्ने अमरसिंह झाँक्री र अमरवहादुर डाँगी विच राजनीतिक विषयमा विवाद भएको थियो ।
विवाद झै–झगडामा रुपान्तरण भई सो विषयमा रिसिईवी बढ्दै जाँदा अमरवहादुर डाँगीसमेतका व्यक्तिहरुले अमरवहादुर झाँक्रीलाई ढुंगा,लाठाी,छुरी र भाला समेतले आक्रमण गरि निर्मम तरिकाले हत्या गरि फरार रहेको प्रहरीको भनाइ छ ।
उक्त मुद्दाको रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते फैसला गरेको थियो । फैसलामा अमरबहादुर डाँगीलाई सर्वश्वसहित जन्मकैद तोकिएको थियो ।
अदालतको फैसलापछि अभियुक्त फरार रहेकाले फैसला कार्यान्वयनका लागी जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनलाई मंसिर २८ गते दिउसो १२ वजे रुन्टीगढी गाउँपालिका वडा नं। ६ डुव्रिङमा फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ डाँगीलाई मंसिर २९ गते रोल्पा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले लागेको कैद, सजाय भुक्तानका लागी जिल्ला कारागार कार्यालय रोल्पाको थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।