आसन्न टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तान क्रिकेट बोर्डले टोली घोषणा गरेको छ । बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । पाकिस्तानको विश्वकप टोलीमा केही परिवर्तन गरिएको छ ।
हालै एसिया कप खेलेका फखर जमान, हसन अलीलगायत केही खेलाडी टोली बाहिर भएका छन् । यद्यपि फखरलाई रिजर्भ खेलाडीको रूपमा टिममा राखिएको छ । शाहीन साह अफ्रिदीले टिममा कमब्याक गरेका छन् । चोटका काराण् उनले एसिया कप २०२२ गुमाएका थिए । त्यस्तै, मोहम्मद वसिम पनि टोलीमा फर्किएका छन् ।
उनले पनि चोटकै कारण एसिया कप खेलेका थिएनन् । शन मसूदले पनि विश्वकप टिममा मौका पाउन सफल भए । रिर्जभ खेलाडीमा फखरसहित मोहम्मद हरिस र सहवाज दहानीलाई राखिएको छ । आउँदो टी–२० विश्वकप १६ अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । त्यसअघि पाकिस्तानले इंग्ल्याण्डसँग सिरिज खेल्ने तालिका छ । पाकिस्तान र इंग्ल्याण्डबीचको सात खेलको टी–२० सिरिज २० सेप्टेम्बरदेखि सुरु हुँदैछ ।
विश्वकप खेल्ने पाकिस्तानको टिम : बाबर आजम (कप्तान), मोहम्मद रिजवान, शादब खान (उपकप्तान), आसिफ अली, खुशदील शाह, हरिस रौफ, शाहिन साह अफ्रिदी, नसीम शाह, हैदर अली, मोहम्मद नवाज, इफ्तिखार अहमद, होहम्मद हसनैन, शन मसूद, मोहम्मद वसिम र उस्मान कादिर
रिजर्भ खेलाडी : विश्वकप फखर जमान, मोहम्मद हरिस र शाहवाज दहानी ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।