उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् ।
एसिया कपमा चोटका कारण अलराउन्डर रविन्द्र जडेजाले भने विश्वकप टोलीमा छैनन् । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् । नेपाल आइसिसी विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्ने अवसर गुमाएको थियो ।
भारतको विश्वकप खेल्ने टोली
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेट किपर), हार्दिक पान्डेय रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।
वैकल्पिक ः मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।