• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेलकुदमा राजनीति नगरौं : मन्त्री अथक




युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको छ ।

काठमाडौंको बबरमहल स्थित कार्की ब्याङक्वेटमा बुधबारदेखि सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्रीअथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो । खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगितगर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनुहोस, राजनितिगर्ने त विभिन्न पार्टी छ दैंछन नि ।”

नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमामात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्रीअथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताउनुभयो । खेललाई उद्योगका रुपमासमेत विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भईसकेको जानकारी गराउँदै मन्त्रीअथकले अब कुनैपनि खेलाडीको मिहेनत खेर जाननदिने प्रतिवद्धता समेत जनाउनुभयो । राज्यको प्रतिनिधत्वगर्दैै बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीहुने खेलाडीहरुको सहजताका लागि विशेष पासपोर्टको ब्यवस्था गर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) काउपाध्यक्ष शिवकोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

Facebook Comments