• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसिया कप छनोटका लागि नेपाली टोलीको घोषणा




एएफसी यू–२० एसिया कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । यो टोलीमा यू–२० साफ च्याम्पियनसिप खेलेको टोलीबाट ६ खेलाडीलाई परिवर्तन गरिएको छ ।
नयाँ टिममा गोलकिपर टोपबहादुर राना डिफेन्डर स्यान्सु भुसाल, राज थोकर र जान ताम्ली तथा मिडफिल्डर राकेश विश्वकर्मा र सन्जिव लामाले स्थान बनाएका छन् । बहराइन जाने टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर, टिम व्यवस्थापकमा दिवाकर घले, मिडिया म्यानेजरमा उमेश दाहाल र टिम अफिशियलमा पुरुषोत्तम थापा र भगवान दर्लामीमगर छन् ।
छनोटका लागि नेपाली टोली ८ सेप्टेम्बरमा बहराइन जानेछ । छनोटको समूह ‘बी’ मा नेपालसँगै घरेलु टोली बहराइन, भुटान, बंगलादेश र कतार छन् । नेपालले १० सेप्टेम्बरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै, नेपालले सेप्टेम्बर १२ मा कतार, १४ मा बहराइन र १६ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
नेपाली टोली– गोलरक्षक : ईश्वर गुरुङ, टोपबहादुर राना, जियारथ शेख । डिफेन्डरः स्यान्सु भुसाल, जान ताम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा । मिडफिल्डरः राकेश विश्वकर्मा, सन्जिव लामा, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान, फरवार्डः निरञ्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल ।

Facebook Comments