काठमाडौं , ६ टोलीको सहभागिता रहेको एसिया कप टी–२० प्रतियोगिताको समूह चरणपछि उत्कृष्ट चार टोली सुपर–४ पुगेका छन्। युएईमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट भारत र पाकिस्तान र समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर–४ मा पुगेका हुन्।
हङकङ र बंगलादेश भने बाहिरिएका छन्। सुपर–४ मा अफगानिस्तान र श्रीलंकाबीच शनिबार पहिलो खेल भइसकेको छ। जसमा श्रीलंकाले जित निकालेको छ। सेमिफाइनल चरणको सट्टा दुई समूहका शीर्ष दुई टोलीहरू सुपर–४ मा रोबिन चरणमा एक अर्का खेल्नेछन्। हङकङको चुनौतीलाई पन्छाउनुअघि भारतले पाकिस्तानलाई पराजित गर्दै समूहमा शीर्ष स्थान सुरक्षित गर्दै अर्को चरणमा स्थान बनाएको हो।
शुक्रबार हङकङलाई १ सय ५५ रनले पराजित गरेपछि पाकिस्तान पनि दोस्रो स्थानमा रहँदै सुपर–४ मा पुग्यो। समूह ‘बी’ मा अफगानिस्तानले श्रीलंका र बंगलादेश क्रमश आठ र सात विकेटले पराजित गर्दै सुपर–४ मा स्थान बनाएको थियो।
श्रीलंकाले बंगलादेशलाई पछ्याएको सुपर–४ मा स्थान बनायो। सुपर–४ मा श्रीलंका(अफगानिस्तान सेप्टेम्बर ३ मा शारजाहमा खेलिसकेका छन्। जसमा श्रीलंकाले जित निकाल्यो।
आज भारत र पाकिस्तानबीच दुबईमा प्रतिस्पर्धा हुनेछ। यस्तै मंगलबार भारत र श्रीलंका भिड्नेछन्। बुधबार अफगानिस्तान र पाकिस्तान, बिहीबार अफगानिस्तान र भारत तथा सुपरद्द४ को अन्तिम खेलमा श्रीलंका र पाकिस्तान शुक्रबार भिड्नेछन्।
भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानबीचको सुपर–४ भिडन्तमा शीर्ष दुई स्थानमा रहने टिम आगामी आइतबार उपाधिका लागि भिड्नेछन्।
एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै
यूएईमा जारी एसिया कप क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ। सुपर चारअन्तर्गत आइतबार हुने खेलमा समूह ‘ए’ बाट विजेता बनेको भारत र सोही समूहको उपविजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
यी दुई देशबीचको म्याच दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत सुपर चारको आफ्नो पहिलो खेलमा विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छ।
दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ सुपर चारको यात्रा सुरुवात गर्ने लक्ष्यमा हुनेछ। भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ।
पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ। पछिल्लो पटक यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। जसमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन्। समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन्। सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।