• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आयोजकलाई हराउँदै त्रिबेणी युवा क्लब किम्टाकुरा बिजयी




नविन पि.एम.

सल्यान जन बनगाडी युवा क्लब बनगाड कुपिन्डे नगरपालिका ३ पोखराले आयोजना गरेको खुला पुरुष भलिबल प्रतियोगितामा आयोजकलाई २-० ले हराउँदै त्रिबेणी युवा क्लब किम्टाकुरा बिजयी भएको छ ।

यहि भदौ १५ गते देखि ३ दिन सम्म चलेको भलिबल प्रतियोगिता सल्यान लगायत जिल्ला बाहिर जाजरकोट सुर्खेतका खेलाडी गरि जम्मा १० वटा टिमले प्रतियोगितामा भाग लिएको क्लबका अध्यक्ष प्रकाश पुनले बताउनुभयो । राष्ट्रका लागि खेल स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ नेपाल रास्ट्रिय प्राबी पोखरामा हरेक बर्ष लाग्ने मेलाको अबसर पारेर जन बनगाडी युवा क्लब बनगाड कुपिन्डे नगरपालिका ३ले खुला पुरुष भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरेको थियो ।No description available.

प्रतियोगितामा खेल हेर्ने खेलप्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो । खेलमा प्रमुख बिजेता त्रिबेणी युवा क्लब किम्टाकुरा सल्यानले नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे भने उपबिजेता आयोजक टिमले नगद १३ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको र तेस्रोहुने चिउरिगैरा मिक्स टिमले नगत ८ हजार रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको रेफ्री कुलराज बिरही पुनले बताउनुभयो ।No description available.

प्रतियोगितामा स्थान ल्याउने तीन वटै टिमलाइ प्रमाणपत्रको ब्यबस्था लक्ष्मी ईन्स्टिच्युट सल्लिबजार सल्यान्ले गरेको थियो । प्रतियोगिता कार्यक्रममा प्रमुख आतिथ्यता ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुनको रहेको थियो ।

त्यस्तै शंकर बस्नेत , नन्दलाल पुन महाबिर पुन टेकराज पुन लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न युबा क्लबका प्रतिनिधि, पत्रकार लगायतको सहभागितामा प्रतियोगिता सफल गरिएको थियो भने कार्यक्रमको सन्चालन नवीन पुनले गर्नुभएको थियो ।

Facebook Comments