• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केन्यामाथि नेपालको सहज जित




केन्याबिरुद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

शुक्रबार नैरोबीस्थित जिमखाना मैदानमा नेपालले घरेलु टिम केन्यालाई ७ विकेटले पराजित गर्‍यो।

केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो।

नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे। आसिफले ११० रन जोड्ने क्रममा १२० बलमा १२ चौका र २ छक्का हिर्काए।

अर्का ओपनर अर्जुन साउदले ९७ बलमा ६१ रनको योगदान गरे।

ज्ञानेन्द्र मल्ल ५० बलमा २४ रन जोडेर आउट भए।
कप्तानको भूमिकामा रहेका रोहितकुमार पौडेलले नटआउट ३ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट १५ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अआउट भयो।

केन्याका लागि राखेप पटेलले ६७ रन र कोलिन ओबुयाले ६२ रनको योगदान गरे।

बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिन सफल भए।

२१९ रनको लक्ष्य पाएको नेपालले केही बेरमा ब्याटिङ गर्दैछ।

नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न गएपछि खेलमा कप्तानी रोहितकुमार पौडेलले गरे।

सिरिजको दोस्रो खेल भोलि शनिबार र तेस्रो खेल सोमबार हुनेछ।

यसअघि नेपाल र केन्याबीच पाँच खेलको टी-२० सिरिज भएको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भएको थियो।

तर टी-२० वरीयतामा नेपालभन्दा तल रहेको केन्यासँग दुई खेलमा पराजित हुँदा नेपालको वरीयता खस्किएर १६औं स्थानमा पुगेको थियो।

Facebook Comments