काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर(४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर–४ मा पुगेको हो ।
समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर–४ मा पुगिसकेको छ ।
बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो । दुवै खेल हारेको बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ बाट भारत सुपर–४ मा पुगेको छ ।
दुबई क्रिकेट मैदानमा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डीसले सर्वाधिक ६० रन बनाए । कप्तान दसुन सनाकाले ४५ रन जोडे । यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका असिथा फर्नान्डोले ३ बलमा अविजित १० रन बनाए ।
बंगलादेशका एबाडोट होसेनले ३ तथा तक्सिन अहमेदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३९, मेहदी हसनले ३८, महमुदुल्लाहले २७ तथा कप्तान शकिब अल हसनले समान २४ रन बनाए । मोसाडेक होसेनले ९ बलमा अविजित २४ रन बनाउँदा तस्किन अहमदले ६ बल खेल्दै अविजित ११ रन जोडे ।
श्रीलंकाक वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २, २ विकेट लिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।