• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
केन्याले टस जितेर पहिला ब्याटिङ गर्ने




नेपालले चौथो टि२० आई खेलमा घरेलु टोली केन्यासँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले प्लेइङ ११ मा भने कुनै परिवर्तन गरेको छैन । तेस्रो खेलको टोलीलाई निरन्तरता दिएको छ । पाँच टि२० आई खेलमा नेपालले २–१ को अग्रता लिएकोछ । नेपाल आजको खेल जित्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । तेस्रो खेलमा गरेको ब्याटिङबाट नेपाली खेलाडीको मनोबल पनि उच्च छ । डेब्यू खेल खेलेका विकेटकिपर अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

केन्याका रकिप पटेलले ७३ र इफरान करिमले ५५ रन जोडेका थिए । यी दुई ब्याटर पुन घातक बन्न सक्छन् । स्पिनर विरज पटेलले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सरार्फ ।

Facebook Comments