• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘विकासका कामलाई निरन्तरता दिन मेरो उम्मेदवारी’




स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि दाङको दुर्गम क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका ३ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका ने.क.पा.(माओवादी केन्द्र)का उम्मेदवार शोभराज विश्वकर्मासँग सिस्ने अनलाइनका संवाददाता हिमाल महराले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।No description available.
१) स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले बंगलाचुली गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु । वडा अध्यक्षमा उम्मेदवार दर्ता किन गरे भन्दा मैले सुरुवात गरेका विकासका कामलाई पुरा गर्नका लागि मेरो उम्मेदवारी रहेको छ ।No description available.

३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– यो प्रश्न जायज कुरा हो । तर मेरो पहिलो कार्यकालमा प्रत्येक महिनामा प्रत्येक टोल पुगी समस्या हल गर्ने र जनगुनासो सुने गर्थे र आर्थिक बर्षको बजेट बिनियोजित गर्दा हामी जनताको घरघरमा पुगेर समस्या के हो टिप्पणी गरि कार्यनीतिमा लागू गर्ने समेत गरेका थिए ।No description available.
४) तपाईको चुनावी एजेण्डा के छ ?
– शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी मेरो मुख्य एजेन्डा रहेको छन् ।

५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हाम्रो चुनावी एजेन्डाहरु घोषणा पत्रमा मात्र सिमित हुने छैनन् भन्ने हाम्रो वडा बासीलाई अवगत नै छ । किनभने मेरो पहिलो कार्यकालमा मेरो बाचाहरु पुरा गर्दै आएको थिए र नेकपा माओवादी केन्द्र कै नेतृत्वमा भएको १० बर्ष जनयुद्ध २०६२ /०६३ को जन आन्दोलनले ल्याएको व्यबस्थापिकामा संघीय लोकतान्त्रिक गणतन्त्र , धर्म निरपेक्ष ,समाबेशी समानुपातिक , जातीय छुवाछूत अन्त्य , महिलालाई ३३ प्रतिशत अधिकार लगाएत कृषि ऋण मिनाहा जस्ता विविध काम भएको कुरो अथावत नै हो नि त्यसैले जनसमुदायहरु धुक्क हुनुहोस् भन्न चाहाछु ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के के काम गर्नुहुन्छ ?
– यदि मैले चुनाब जिते भने स्वास्थ्य ,शिक्षा, कृषि, रोजगार ,बाटो घाटोलाई बिशेष पहल गर्ने छु ।No description available.
७) अन्त्यमा केही भन्नु छ ?
– विगत निर्वाचित भएर काम गर्दै गर्दा सहयोग गर्नु हुने उपभोक्ता समिति, विभिन्न राजनितिक दल, जनसमुदाय, कर्मचारी लगात सम्पूर्ण कार्यपालिका टिमलाई विशेष धन्यावद दिन चाहन्छु । साथै यो ५ बर्ष कार्यकालमा काम गर्दैगर्दा जान, अनजानमा भएका कमिकम्जोरीलाई क्षमा माग्न चाहन्छु । साथै यो ५ बर्षसम्म आफुले गरेको अनुभलाई अभै निखारका साथै योजनाहरु बनाई काम गर्ने प्रतिबधता गर्दछु ।
फेरी पनि आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मेरा सम्पुर्ण आमा,बुवा ,दिदि बहिनी दाजुभाईहरुले आफ्नो अमूल्य भोट दिएर अत्यधिक बहुमतले बिजयी गराउनुहुन हार्दिक अपिल गर्दछु ।No description available.

Facebook Comments