घाेराही, १७ चैत्र । दाङ क्रिकेट लिगकाे उपाधि घाेराही टाईगर्सले जितेकाे छ । दाङ जिल्ला क्रिकेट संघकाे अायाेजनामा घाेराही १७ गुलरिया रंगशालामा अाज भएकाे फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलाे संस्करणकाे उपाधि उचालेकाे हाे।
घाेराहीले दिएकाे १ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे देउखुरीले पुरै अाेभर खेल्दै ८ विकेटकाे क्षतिमा १ सय २७ रन मात्रै बनायाे ।
जितकाे लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको देउखुरीले पहिलाे पावर प्लेमा विकेट बचाउदै राम्रो शुरुवात गरेपनि अन्तिम अाेभरमा खेल्न नसक्दा हार व्यहाेर्याे ।
देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, अाशिष अाेलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जाेशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउदै १ सय २७ रन बनाए ।
यस्तै, बलिङ तर्फ घाेराहीका रासिद खानले ४ अाेभरमा २० रन दिएर २ विकेट लिए । यस्तै, सिद्धान्त राज शाहीले पनि ४ अाेभरमा १५ रन खर्चेर २ विकेट लिए ।
यस्तै, अनुप न्याैपानेले ४ अाेभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट लिए । रविन थापा, अावाज गाैतम र रविन्द्र जंग शाही भने विकेट विहिन रहे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे घाेराहीले निर्धारित २० अाेभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएकाे थियाे ।
पहिलाे पावर प्लेमा राम्रो शुरूवात गरेकाे घाेराही टाईगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै
देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएकाे थियाे।
घाेराहीका लागि विराट भण्डारीले ३२, रविन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्याैपानेले ७ रनकाे याेगदान दिँदै १ सय ३३ रन बनाए ।
बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ अाेभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जाेशीले पनि ४ अाेभरमा २५ रन दिएर समान ३ विकेट लिए ।
यस्तै, विशाल विक्रम केसीले ४ अाेभरमा २२ रन दिएर २ विकेट लिँदा अाशिष वलीले पनि ४ अाेभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।
चैत्र १२ गतेबाट शुरु भएको लिगमा ५ वटा फ्रेन्चाईज क्लवले अक्सन मार्फत खेलाडी किनबेच गरि लिगमा भाग लिएका थिए । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेकाे छ । उपाधि विजेता तथा उपविजेता टिमलाई नेपाल क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव संजय गुरुङ, जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चाैधरी,
दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया, घाेराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याललगायतले संयुक्त रुपमा ट्रफी हस्तान्तरण गरे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।