• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आईपीएल शनिबारदेखि सुरुहुँदै




आईपीएल शनिबारदेखि शनिबारदेखि सुरुहुँदै सुरुहुँद

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल शनिबारदेखि सुरुहुँदै छ । उद्घाटन खेलमा गत सिजनका फाइनलिस्ट चेन्नाई सुपर किंग्स र कोलकता नाइटराइडर्स आमने सामने हुने छन् । मुम्बईको वानखडे स्टेडियममा उद्घाटन खेल हुने यसअघि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ । यो सिजनमा दुई नयाँ टिम थपिएकाले १० टिमले प्रतिस्पर्धा गर्दैछन् । आईपीएलमा चार जना कप्तानले डेब्यु गर्दै छन् । जस्मा                                     रबिन्द्र जडेजा
भारतीय अलराउण्डर रविन्द्र जडेजाले चेन्नाई सुपर किंग्सको कप्तानी गर्ने छन् । ३३ वर्षिय जडेजा विहीबार मात्रै कप्तान भएका हुन् । महेन्द्रसिंह धोनीले चेन्नाईको कप्तानी छाडेपछि उनी कप्तान नियुक्त भए । आईपीएलमा २०० म्याचको अनुभव लिएका जडेजाले अहिलेसम्म ३ टिमबाट खेलिसकेका छन् ।

 

हार्दिक पाण्ड्या
भारतीय अलराउण्डर हार्दिक पाण्ड्याले पछिल्लो सिजनसम्म मुम्बई इन्डियन्सबाट मात्रै खेल्दै आएका थिए । तर यस पटक नयाँ थपिएको टिम गुजरात टाइटन्समा आवद्ध भएका पाण्ड्याले त्यहाँ उनले कप्तानी गर्दै छन् । हार्दिकले अहिलेसम्म आइपीएलमा ९२ म्याच खेलेका छन् । उनलाई यसै सिजन गुजरातले अक्सनमार्फत १५ करोडमा लिएको थियो ।

मयंक अग्रवाल
पंजाव किंग्सका ओपनर ब्याटर मयंक अग्रवाल यस पटक कप्तानको रुपमा मैदान उत्रदै छन् । आईपीएलमा उनले अहिलेसम्म १०० म्याच खेलिसकेका छन् । उनले चार टिमबाट आईपीएल खेलेका छन् भन् उनले अहिलेसम्म अन्तर्राष्ट्रिय र आईपीएल कुनै पनि प्रतियोगिताको कप्तानीको अनुभव गर्न पाएका छैनन् ।

 

फफ डूप्लेसिस

दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डूप्लेसिस पहिलो पटक आईपीएलमा कप्तानी गर्दै छन् । उनी रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गर्ने छन् । उनले अहिलेसम्म आइपीएलमा १०० म्याचको अनुभव लिएका छन् भने अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कप्तानी गरेको अनुभव उनीसँग छ ।

Facebook Comments