ज्ञानसिन्धु मा.वि घोराही दाङले यही चैत्र ०४ गतेदेखि ८ गतेसम्म प्यूठानको माण्डवी गाउँपालिकाको चकचकेमा आयोजित पाँचौँ राष्ट्रिय हप्किडो प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई चैत्र ९ गते एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
विद्यार्थीहरु प्रशिक्षक खलजित बुढा मगरका साथ चैत्र ४ गते प्यूठान गएका थिए । ४ दिनसम्म चलेको उक्त कार्यक्रममा देशैभरिबाट ६१ जिल्लाका विभिन्न उमेरसमूहका विद्यार्थीहरु सहभागी थिए । उक्त प्रतियोगितामा ज्ञानसिन्धु मा.वि घोराही दाङबाट कक्षा ५ का छात्र विजेश थापा ३५–४० उमेरसमूहबाट प्रथम स्थान हासिल गरेका थिए । सोही उमेर समूहकै कक्षा ६ का छात्र शुभम भुसालले द्वितीय स्थान हासिल गरेका थिए ।
त्यसैगरी कक्षा १२ कि छात्रा रुपा बुढा मगरले ५५–६० उमेरसमूहबाट द्वितीय स्थान हासिल गरेकी थिइन् भने कक्षा ५ का छात्र निश्चल खड्काले ३०–३५ उमेरसमूहबाट तृतीय स्थान हासिल गरेका थिए । यससँगै विद्यालयले १ गोल्ड, २ रजत र १ काश्य गरी ४ पदक हासिल गरेको थियो ।
आयोजकले विद्याथीृहरुलाई उक्त पदक र प्रमाणपत्रले पुरस्कृत गरेको थियो । आफ्ना विद्यार्थीहरुले देखाएको यो कार्यकुशलतालाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यस्वरुप विद्यालयले विजेता उक्त ४ जना र सहभागी अस्मिता नेपाली, दिव्या बुढामगर, अनिता भण्डारी तथा प्रशिक्षक खलजित बुढा मगरलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीले कक्षाकोठाभित्र दिइने शिक्षण सिकाइले मात्र विद्यार्थीको विकास हुन नसक्ने भएकाले विद्यार्थीको चौतर्फी विकासका लागि आफूहरुले विद्यार्थीको रुचि अनुसारका सिकाइमा सहयोग गर्दै आइरहेको र यो क्रम सदैव जारी रहने भन्दै खुसी व्यक्त गर्दै बधाई दिनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।