• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुमबहादुर खड्का भलिबल प्रतियोगिताको फाइनलमा तुलसीपुर  र राप्ती  भिड्दै




घोराही, २१ फागुन । दाङको घोराहीमा जारी प्रथम खुमबहादुर खड्का भलिबल प्रतियोगिताको फाइनलमा  तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।

   शनिबार  बिहान सम्पन्न भएको पहिलो  सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५- २१,२५ -२१ र २५-१४ को सोझो सेटमा पराजित गर्दै तुलसिपुर उपमहानगरपालिका  फानल खेलमा प्रवेश गरेको हो  ।

त्यस्तै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिकालाई २५-१६,२५-२० र २५-२०   को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिका पनि फाइनलमा  प्रवेश  गरेको हो ।

खड्का स्मृति कप उपाधीका लागि  भोलि हुने खेलमा तुलसीपुर उपमहानगरपालिका  र राप्ती गाउँपालिकाले कडा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेस दाङको आयोजना फागुन १६ गतेदेखि सुरु भएको सो प्रतियोगिता भोलि २२ गते आइतबार सकिने छ । प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् ।

Facebook Comments