• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बडहरा युवा क्लब फाइनलमा प्रवेश




घोराही । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगतामा बडहरा युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाईनल खेलमा टरीगाउँ युवा क्लवलाई २–१गोल अन्तरले पराजित गर्दै बडहरा युवा क्लव लखन कपको फाईनलमा पुुगेको हो ।

नेपाल मगर संघ घोराही नगर कार्य समितिको आयोजनामा घोराही १८ नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिता पहिलो हाफमा टरीगाउँ युवा क्लबले १गाेल गरे । दोश्रो हाफमा बडहराले २गाेल हान्दै । टरीगाउँ हराउँदै बडहरा उपाधि नजिक पुुगेको हो। पर्सि १० गते बडहरा युवा क्लब र राप्ती गाउँपालिका फुटबल क्लब फाइनलमा लागि भिड्ने छ ।

फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको थियो । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ भने सेमिफाईनललिस्ट २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।।

Facebook Comments