श्रवण कुमार याद
दाङ, ७ राजपुर । दाङको राजपुर गाउँपालिकामा पालाकास्तरीय विविध खेलकूद प्रतियोगिता सुरु भएको छ । राजपुर गाउँपालिका वडा नं ५ मा आयोजना गरिएको सो प्रतियोगिता आज शनिबारदेखि नयाँ बस्तीको खेलमैदानमा सुरु भएको हो ।
प्रतियोगितालाई आज एक कार्यक्रमबीच राजपुर गाउँपालिकाका प्रमुख तथा कार्यक्रमको विशिष्ट अतिथि लोकराज केसीले मैनबत्ती जलाइ,ब्यानर वाचन गरि खेलमैदानमा खेल खेली उद्घाटन गर्नुभएको हो।
राजपुर गाउँपालिका वडा नं ५ मा आयोजना गरिएको गाउँपालिका स्तरीय विविध खेलकुद प्रतियोगितामा सातै वडाका खेलाडीको प्रतिनिधित्व हुने गरि खेलकुद आयोजना गरिएको हो।
गाउँपालिकास्तरीय खेलकुद प्रतियोगितामा विभिन्न खेलकुदहरु, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, गाउँपलिका स्तरीय क्रिकेट, फुटबल, भलिबल लगाएतका एथलेटिक्स प्रतियोगिताहरु रहेको छ।
उद्घाटन समारोहमा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले स्वागत मन्तव्य दिदै खेलकुद वास्तवमा जीवनको अपरिहार्य हो जसले मैत्रीभाव सृजना गराउछ भने अर्कोतिर स्वस्थ्य तन्दुरुस्त राख्न पनि खेल अत्यावश्यक चिज हो त्यसैलाई मध्यनजर गरेर गाउँपालिका तथा वडा नं ५ का जनप्रतिनिधिहरुले युवाहरूको मनुभावलाई बुझेर खेलकुद आयोजना गर्नुभएको हो। यो आयोजना गरिएको खेलकुद १२ गतेसम्म भरिपूर्ण रूपमा आनन्द दिने गरि र मैत्रीभाव जगाउने तरिकाले खेलकुद अगाडि बढाेस् भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो।
- त्यसै गरि उद्घाटन समारोहमा राजपुर गाउँपालिका प्रमुख श्री लोकराज केसीले स्वस्थ्यको लागि खेलकुद आवश्यक छ खेलले स्वस्थ बनाउछ र स्वस्थ नागरिक भयो भने देश विकासमा स्वस्थ नागरिकले महत्त्वपूर्ण जिम्मेवारी तथा भुमिका खेल्छन्। त्यसकारणले खेलको माध्यमबाट नै रास्ट्रको विकासमा एकदमै महत्त्वपूर्ण टेवा दिने पाटाे भएकोले स्वस्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने नारा एकदमै सार्थक भएको छ र यो खेल महत्सव सभ्य र भव्यका साथ सफल होस भनि शुभकामना दिनुभएको हो ।
त्यसै गरि उद्घाटन समारोहमा राजपुर गाउँपालिका उपमियर श्री धनपती देवी यादवले खेलकुदको महत्त्व दर्शाउदै खेलाडी भाइबहिनीहरुले खेल पारदर्शी भएर अनुशासित भएर खेलीदिनुहुन्छ भनी प्रतिबद्धता गर्दै रिस, झै-झगडा नहोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो।
यसै गरि उद्घाटन समारोहका अध्यक्ष समेत रहेका वडा नं ५ का वडा अध्यक्ष श्री नरेन्द्र सिंह भण्डारीले खेल क्षेत्र सम्मानजनक भएकाले सबै खेलाडीले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले खेलमा सीप दक्षता र क्षमता प्रदर्शन गरी विवादरहित खेल बनाउनुपर्नेमा जोड दिनुभएको हो।
कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख लोक राज केसीको प्रमुख अतिथि,राजपुर गाउँपालिका उप-प्रमुख धनपति देवी यादवको विशिस्ट अतिथि, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, अतिथिहरु राजपुर गाउँपालिका लेखा अधिकृत भरतमनी पोख्रेल, वडा नं ५ का वडा सदस्य राधा भण्डारी, माया नेपाली, त्रिलोचन यादव, तारा लाल यादव, वडा नं १ का वडा सदस्य गोमा अधिकारी, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कृष्ण बहादुर बस्नेत, नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका इकाई उपाध्यक्ष अमृत खड्का, राजपुर गाउँपालिका इन्जिनियर हनुमन्त चौधरी, वडा नं १ का प्राविधिक सुनिल साह, वडा नं ७ का प्राविधिक गङ्गा राम वलि, जिल्ला क्रिकेट संघका उपाध्यक्ष किसोर धर्तीमगर, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजविर सिंह, सिधापत्र अनलाइन डटकमका पत्रकार मेगमान बुढा, न्युज राप्ती तथा सिस्ने अनलाइन डटकम तथा जनपत्रकार संगठनका जिल्ला सदस्य श्रवण कुमार यादव, राजपुर गाउँपालिकाका सुकुम्बासी प्रमुख ॐ नारायण यादव, नेपाली काङ्ग्रेसप्रदेश सहसचिव हुर्मत कुमार बोहरा, नेपाली काङ्ग्रेस राजपुर ५ नम्बर वडा सभापति कान्ता प्रसाद लगाएतका उपस्तिथि थियो।
कार्यक्रमका विशिस्ट अतिथि तथा राजपुर गाउँपलिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिस्ट अतिथि धनपती यादव, प्रमुख अतिथि लोक राज केसी लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षता थियो भने कार्यक्रमको सहजीकरण वडा नं ५ का वडा सचिव साधराम यादवले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।