श्रवण कुमार यादव/“रास्ट्रको लागि खेलकुद, स्वस्थको लागि खेलकुद´´ भन्ने नारा सहित राजपुर गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
दाङको राजपुर गाउँपलिका वडा नं ५ मा यहि फागुन ७ गतेदेखि १२ गतेसम्म राजपुर गाउँपलिका स्तरीय खेलकुद कार्यक्रम संचालन हुन गइरहेको राजपुर गाउँपलिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभएको छ।
गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता राजपुर गाउँपलिका अन्तरगतका ७ वडाका सम्पुर्ण खेल प्रेमी साथीहरूलाई सहभागी भइ दिनको लागि अनुरोध गरिएको छ। गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा विभिन्न खेलकुदहरु, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, गाउँपलिका स्तरीय क्रिकेट, फुटबल, भलिबल लगाएतका एथलेटिक्स प्रतियोगिताहरु रहेको जनाइएको छ।
खेल प्रतियोगितामा समावेश हुनका लागि फागुन ४ गतेदेखि ६ गते दिउँसो १२ बजेसम्म टिम दर्ता गर्ने मिति जारी गरिएको छ।
गाउँपालिकालाई खेल क्षेत्रमा विकास गराउने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरेको हो र यस खेल प्रतियोगितामा विजेता हुने सम्पुर्ण खेलाडीहरुलाई निम्न प्रकारको पुरस्कारको व्यवस्था रहेको जनाइएको छ।
जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा विजेता हुनेलाई ७५ हजार, उपविजेतालाई ५० हजार , उत्कृष्ट खेलाडीलाई ५ हजार , वेस्ट बलरलाई दुई हजार, बेस्ट व्याट्म्यानलाई दुई हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई पाँच सय पुरस्कर रहेको छ ।
त्यस्तै गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितामा विजेता हुनेलाई २५ हजार , उपविजेता हुनेलाई १५ हजार, उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय , वेस्ट बलरलाई १ हजार ५ सय र बेस्ट व्याट्म्यानलाई पनि १हजार ५ सय पुरस्कर रहेको छ ।
जिल्ला स्तरीय फुटबल प्रतियोगितामा विजेता हुनेलाई ५० हजार, उपविजेतालाई रु ३०हजार, तृतीयलाई २०हजार, उत्कृष्ट खेलाडीलाई- रु ३ हजार र बेस्ट गोलकिपरलाई दुई हजार पुरस्कर रहेको छ भने जिल्ला स्तरीय भलिबल प्रतियोगितामा विजेता हुनेलाई रु ४० हजार , उपविजेतालाई २५हजार , तृतीयहुनेलाई १५ हजार र उत्कृष्ट खेलाडीलाई दुई हजारको रहेक्क छ ।
गाउँपालिका स्तरीय एथलेटिक्स प्रतियोगिताको १ सय मिटर दौडका लागि एक हजार पाँच सय,
४ सय मिटर दौडका लागि दुई हाजर, १६ सय मिटर दौडलाई ३ हजार , ज्याभलिङ्ग थ्रोलाई १ हजार ५ सय, सर्टफुटलाई १ हजार ५ सय र लङजम्पलाई १ हजार ५ सयको पुरस्कार राशी रहेको जनाइएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।