दाङ। जिल्ला प्रहरी कार्यालय दाङले विशेष अपरेशन सञ्चालन गर्दै जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोजी अभियानका क्रममा जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक फेला पारिएको हो। इलाका प्रहरी कार्यालय कमिरेचौर, अमिलिया तथा प्रहरी चौकी रामपुर र हासीपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यापक खोजतलास गर्दा ती बन्दुक बरामद गरेका हुन्।
बरामद भएका बन्दुकमध्ये इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले सबैभनदा बढी ३० नाल, इलाका प्रहरी कार्यालय अमिलियाले १ नाल, प्रहरी
चौकी रामपुरले १९ नाल तथा प्रहरी चौकी हासीपुरले ५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बरामद गरिएका सबै अवैध भरुवा बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनासँग सम्बन्धित व्यक्ति तथा समूहको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

