• ४ श्रावण २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा गुणस्तरीय शिक्षाको माग गर्दै नेपाल विद्यार्थी संघको ध्यानाकर्षण पत्र




घोराही । नेपाल विद्यार्थी संघ (नेविसंघ) बंगलाचुली गाउँपालिका कार्यसमितिले गाउँपालिकाभित्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग गर्दै गाउँपालिका अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

नेविसंघले बंगलाचुलीबाट हरेक वर्ष करिब १०० जना विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा घोराही, तुलसीपुर, लमहीलगायत अन्य स्थानमा अध्ययन गर्न गाउँपालिका छोड्न बाध्य हुने गरेको जनाएको छ। यसले अभिभावकमाथि थप आर्थिक भार पर्ने, विद्यार्थीले मानसिक तथा सामाजिक कठिनाइ भोग्नुपर्ने तथा गाउँपालिकाको शैक्षिक वातावरण कमजोर बन्दै गएको संघको भनाइ छ।

नेविसंघका अध्यक्ष जीवन अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखी गाउँपालिकाभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ। साथै विद्यालयमा दक्ष तथा विषयगत शिक्षकको पर्याप्त व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना–प्रविधिमैत्री शिक्षण, नियमित अनुगमन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

नेविसंघले गाउँपालिकासमक्ष गुणस्तरीय शिक्षाको सुनिश्चितता, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन, शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन तथा विद्यार्थी बाहिर अध्ययन गर्न बाध्य हुने अवस्थाको अन्त्य गर्न माग गरेको छ।

ध्यानाकर्षण पत्रमा बंगलाचुलीका विद्यार्थीले आफ्नै गाउँपालिकामा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस विषयमा शीघ्र निर्णय र प्रभावकारी पहल गर्न आग्रह गरिएको छ।

Facebook Comments