• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका निजी विद्यालयमा शुल्क वृद्धि विरुद्ध संयुक्त वक्तव्य, कडा निगरानीको माग




दाङ । जिल्लाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूले विद्यार्थी र अभिभावकमाथि चर्को शैक्षिक शुल्क असुलिरहेको विषयप्रति विभिन्न विद्यार्थी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेविसंघका का.बा. अध्यक्ष गुरु प्रसाद गौतम, अनेरास्ववियु सचीव सबिन पोख्रेल ,अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्द मल्ल, अखिल समाजवादीका दाङ जिल्ला इन्चार्ज खुमन सी, अखिल क्रान्तिकारी बहुमतका नरेन्द्र विक, अखिल छैठौंका सेवक भट्टराई र अखिल क्रान्तिकारीका सुमन रावतद्वारा संयुक्त रूपमा जारी वक्तव्यमा नेपालको संविधानले आधारभूत तहसम्म निःशुल्क शिक्षाको हक सुनिश्चित गरेको अवस्थामा समेत मनपरी शुल्क असुलिनु दुःखद र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

वक्तव्यमा पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विद्यालयहरूले कानुनले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको, अनावश्यक शीर्षकमा रकम उठाएको तथा पारदर्शिता नदेखाएको गुनासो व्यापक रूपमा आएको जनाइएको छ। यसले सम्बन्धित नियामक निकायहरूको प्रभावकारिता र जिम्मेवारीमाथि प्रश्न उठाएको पनि उल्लेख गरिएको छ।

विद्यार्थी संगठनहरूले राज्यको कानुनअनुसार सञ्चालनमा आएका शैक्षिक संस्थाहरूले कानुनको पूर्ण पालना गर्नुपर्ने दायित्व रहेको भन्दै विद्यार्थी र अभिभावकमाथि आर्थिक भार पार्ने गरी मनपरी शुल्क निर्धारण गर्नु न न्यायोचित न स्वीकार्य हुने बताएका छन्।

उनीहरूले सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूलाई प्रचलित कानुन, मापदण्ड तथा सरकारी निर्देशनको पूर्ण पालना गर्दै पारदर्शी, न्यायोचित र उचित शुल्क प्रणाली अपनाउन आग्रह गरेका छन्।

साथै, सम्बन्धित निकायहरूलाई यस्ता गतिविधिमाथि कडाइका साथ अनुगमन गरी आवश्यक कारबाही गर्न पनि जोडदार माग गरेका छन्।

Facebook Comments