• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रदेशस्तरीय महाेत्सव : बालमैत्री, बाल मनमेविज्ञान र बालअधिकार सम्बन्धी छलफल




घाेराही । घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा दैनिक विशेष कार्यक्रमहरू सुरू भएका छन् । महाेत्सवमा साेमबार बालबालिकासँग सम्बन्धीत अन्तरक्रिया भएकाे छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म  ‘घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार’ भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा साेमवार बालमैत्री, बाल मनमनाेविज्ञान र बालअधिकार सम्बन्धी प्यानलमा छलफल भएकाे छ ।

प्यानल डिस्कसनमा बालमैत्री विज्ञ दुर्गालाल केसी, नेपाल बाल संगठनका केन्द्रिय सदस्य विनोद केसी, मनोविमर्सकर्ता सुशिला आचार्य हुनुहुन्थ्यो ।

कार्यक्रममा बालमैत्री बिज्ञ केसीले जिल्लाका सवै पालिका अहिले पनि बालमैत्री हुन नसकेको बताउनुभयो । बालमैत्री घोषणा भएको घोराहीमा अनुगमनको काम भइरहेको छ । यो काममा परिवार, समाज सवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । १८ बर्ष मुनीका बालवालिकाहरु अभिभावकसंगै हुर्किनुपर्छ ।

यस्तै बाल संगठनका केन्द्रिय सदस्य केसीले बालमैत्री घोषणा गरेर मात्रै कर्तव्य पुरा नहुने धारणा राख्नुभयो । बालमैत्री घोषणा गर्ने तर अनुगमन नगर्ने चलन रहेको छ । सवैले पहशुस गर्न पाउनुपर्छ । स्थानीय सरकारका रुपमा रहेको सरकारले यो कुरामा बढी ध्यान दिनुपर्छ । बालवालिकाका लागि लगानी बढाउनुपर्छ ।

मनोसामाजिक विमर्शकर्ता आचार्यले बालवालिकामा मनोसामाजिक समस्या बढ्दै गएको बताउनुभयो । उहाँले बालवालिकामा देखिएको समस्या सवैभन्दा बढी अभिभावकले सुन्नुपर्ने बताउनुभयो । उहाँले बालवालिकाको कुरा सुन्ने र बुझ्ने व्यवहार चाहिने धारणा राख्नुभयो । बच्चालाई पैसा दिएर चुप लगाउने होइन कुरा सुन्नुपर्दछ ।

उक्त अवसरमा नगर बाल सञ्जालकी अध्यक्ष भुषालले बालवालिकालाई सुरक्षित बनाउनका लागि परिवारले भूमिका खेल्नुपर्ने बताउनुभयो । सवैभन्दा नजिकको साथी आमा वा बाबु हुने भएकाले आफ्नो समस्या सुनाउनुपर्ने उहाँको धारणा थियो ।

यस्तै नगर सञ्जालका सचिव लक्ष्मण भण्डारीले ग्रामिण क्षेत्रमा रहेका बालवालिकाहरु अधिकारबाट बञ्चित भएकाले त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्र्ने बताउनुभयो । उहाँले घोराही जस्तै अन्य पालिकालाई पनि बालमैत्री घोषणा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमकाे सहजिकरण पत्रकार अमर क्षितिज भण्डारीले गर्नु भएको थियोे ।

महाेत्सवमा मंगलबार ‘स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको मुल संयोजक तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयो ।

प्रताप दासले नचाए दर्शक

महाेत्सवमा साेमवार पनि चर्तीत कलाकारहरूकाे प्रस्तुति रहेकाे छ । साेमबार गायक प्रताप दास, ऋतु शाही लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । प्रताप दासले फाेटाे फिरिममा कहिले मिलन कहिले बिछाेड मायापिरिममा, फुल हाेईन काडा काडै बाटाे हिडाैला, तिमी र म जाउ माया कही टाढा लगायतका गीतहरू प्रस्तुति राख्नुभएकाे थियाे ।  साेमबार गायिका ऋतु शाहीले पनि प्रस्तुति राख्नुभएकाे थियाे ।

महाेत्सवमा मंगलवार गायक सुमन बि.टी, अञ्जु कुश्मी, गायक आर.जे.रास्काेती, गायिका विष्णु सुनार लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ ।

Facebook Comments