• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही बनाऔँ अभियानद्वारा फोरलेन सडकको काम द्रुतगतिमा अघि बढाउन माग




घोराही ।  घोराही बनाऔँ अभियानले घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम द्रुतगतिमा अघि बढाउन माग गरेको छ। अभियानको टोलीले डिभिजन सडक कार्यालय दाङ पुगेर सडक र सो सडकअन्तर्गतका पुल निर्माणको काममा ढिला नहोस् भनी आग्रह गरेको हो।

निर्वाचनपछि सडक निर्माणमा ढिला भइरहेको गुनासो सामाजिक सञ्जालमा बढ्दै गएपछि अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताइएको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा डिभिजन सडक कार्यालय पुगेको टोलीले यस विषयमा विशेष छलफल गरेको थियो। छलफलपछि कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो। ज्ञापनपत्रमा अभियानले फोरलेन सडक र बाँकी रहेका पुल निर्माणको काम पहिलेको भन्दा पनि द्रुतगतिमा अघि बढाइ समयमै सम्पन्न गर्न आग्रह गरेको छ।

अभियानले निर्माण कार्यलाई उत्साहजनक बनाउने हेतुले सरोकारवालाहरूसँग सकारात्मक सहयोग रहने पनि उल्लेख गरेको छ। डिभिजन सडक कार्यालयका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै समयमै फोरलेन सडक र पुल निर्माणको काम सम्पन्न गर्न गम्भीरताका साथ लागिपरेको बताए। सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, र राष्ट्रिय खेलाडी विरु भाइ बज्राचार्यको उपस्थिति रहेको थियो। घोराही–तुलसीपुर सडक फोरलेन निर्माण र पुल निर्माणले दाङबासीको आवाजाही सहज बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments