• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रदेश स्तरिय महोत्सव : शनिवार गायिका प्रिती आले र टंक तिमल्सीनाकाे प्रस्तुति




घोराही ।  घोराहीमा लुम्बिनी प्रदेश स्तरिय महोत्सव शनिवार लाेकदाेहाेरी गायिका प्रिती आलेकाे प्रस्तुति रहने भएकाे छ ।

 

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार’ भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ काे तेस्राे दिन शनिवार लाेकदाेहाेरी चर्चित गायिका प्रिती आले सहितका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ ।

महाेत्सवकाे तेस्राे दिन शनिवार प्रिती आले, गायक टंक तिमल्सीना लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे ।
महाेत्सवकाे दाेस्राे दिनदेखी सांस्कृतिक कार्यक्रमहरू सुरू भएका छन् । शुक्रवार कलाकारहरू शान्तराम सेञ्चुरी, साेनु कुश्मी, सन्दीप सेञ्चुरी, विष्णु सुनार लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे ।
महाेत्सवकाे आकर्षणकाे रूपमा आईफिल टावर, युरोपियन स्ट्रिट, लण्डन ब्रिज, बाल उद्यानहरु, जलपरी, सिंह दरबार निर्माण गरिएकाे छ ।

महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन हुने छन् । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ ।
महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।

Facebook Comments