• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा बिहे हेर्न गएका तीन किशोरीमध्ये दुईको शव भेटियो, एक बेपत्ता




रुकुम पश्चिम। बिहे हेर्न गएका तीन किशोरीमध्ये दुईको शव सानोभेरी नदीमा फेला परेको छ भने १४ वर्षीया सपना ओली अझै बेपत्ता छन्। घटनास्थल रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३, भाग्ने नजिक रहेको नदी हो।

डीएसपी बेदबहादुर पौडेलका अनुसार शुरूमा १२ वर्षीया उर्मिला ओलीको शव भेटिएको थियो। त्यसको एक/डेढ मिटर तल १४ वर्षीया कल्पना ओलीको शव फेला परेको छ। उनीहरू सोमबार बेलुका पारिपट्टी गाउँमा आफन्तको बिहे हेर्न गएका थिए। पुल नतरी गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किने क्रममा उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ।

डीएसपी पौडेलले बताए, “सपनाको खोजी भइरहेको छ। हामी तीनै जना किशोरीका आफन्तसँग सम्पर्कमा छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं।”

Facebook Comments