• ८ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रबिले अन्य दललाई भने– यसपटक सडकबाट खबरदारी गर्नुहोस्, सरकार हामी चलाउँछौं




घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले यसपटक सरकार चलाउने जिम्मा आफ्नो पार्टीले लिने उल्लेख गर्दै अन्य दलहरुलाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गर्नुभएको छ ।घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘तपाईले भनेजस्तै साँच्चै बलियो संगठन छ भने अब सडकबाट हामीलाई खबरदारी गर्नुहोस्, अर्कोपटक हामीलाई एक ठाउँमा पनि जित्न नसक्ने गरी तयारी गर्नुहोस् तर यसपटक जनताले हामीलाई जिताउने निर्णय गरिसकेका छन्’– उहाँले भन्नुभयो– ‘अहिले पार्टीप्रति भन्दा देशप्रति निष्ठा देखाउनुपर्ने बेला आएकाले अन्य दलका समर्थक र सदस्यहरुले पार्टी नछाडेरै मत बदल्ने निर्णय गरेका छन्, यही नै आजको परिवर्तन हो ।’

आफूलाई सांसदबाट निकाल्ने योजनाकार दाङमै रहेको र यसपटक पनि चुनाव लडेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘संसदबाट निकाल्यौ तर अब जनताको मनबाट निकालेर देखाऊ ।’ थारु बाहुल्य दाङ सभ्यताको केन्द्र भएको उल्लेख गर्दै उहाँले थारु जाति नभएर सभ्यता भएकाले यसपटक थारु समुदायले परिवर्तनको मत जाहेर गर्न थालेको बताउनुभयो ।

३५ वर्षसम्म थारुलाई भोट बैंक बनाएर जहाँ भन्यो त्यही भोट हाल्न लगाए पनि थारु समुदायको हकहितका लागि केही पनि नगरिएको दाबी गर्दै अब थारु समुदायको परिवर्तनको जिम्मा थारु समुदायले लिने बताउनुभयो । यसपटक नेपाली जनताले क्रान्ति गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै लामिछानेले जनताको यो एतिहासिक निर्णय फागुन २१ पछि सार्वजनिक हुन मात्रै बाँकी रहेको बताउनुभयो ।
‘झण्डा जलाउने नीति छैन, कसैले लगाएको भए कारबाही हुन्छ’
आफ्नो पार्टीले कुनै पार्टीको झण्डा जलाउने नीति नलिएको उल्लेख गर्दै सभापति लामिछानेले कसैले जलाएको भए कारवाही हुने बताउनुभयो । आफै घुसपैठ गरेर काँक्रा खाएर बियाँ खाने प्रवृत्ति पनि रहेकाले यसपटक सकर्त रहनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पार्टीमा सहमहामन्त्री एवं दाङ २ का उम्मेदवार विपिनकुमार आचार्य, दाङ ३ का उम्मेदवार कमल सुवेदी, दाङ १ का उम्मेदवार देवराज पाठक, रोल्पाका उम्मेदवार बलराम थापा, प्युठानका उम्मेदवार सुशान्त वैदिक र समानुपातिक उम्मेदवार क्रान्तिशिखा धितालले पनि सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments