• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छात्रा कबड्डी प्रतियोगितामा सरस्वती मावि काठेकोल प्रथम




दाङ । दाङको घोराही उपमहानगरपालिका वडा न १३ मा रहेको प्रज्ञान एकेडेमीको आयोजनामा भएको घोराही उप-महानगरपालिका मावि स्तरीय छात्रा कबड्डी प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय काठेकोल प्रथम भएको छ ।

फाइनल खेलमा गोरखा मावि घोराहीलाई हराउदै घोराही उपमहानगरपालिका वडा न १५ भरतपुरमा रहेको सरस्वती मावि काठेकोल प्रथम भएको हो ।

छात्रा कबड्डी प्रतियोगितामा गोर्खा मावि घोराही दोस्रो, सनराइज बोर्डिङ स्कुल तृतीय र मेचिकाली बोर्डिङ स्कुल चौथो भएको छ । प्रतियोगिता २ दिनसम्म चलेको थियो ।

Facebook Comments