• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोरदौरामा अझै आधारभूत सेवा अपूरा, बाटोदेखि स्वास्थ्यसम्म स्थानीयको गुनासो




दाङ । घोराही बजार नजिकै रहेको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौरामा खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सेवा सुविधाको अभाव अझै कायमै रहेको स्थानीयवासीले गुनासो गरेका छन्।

स्थानीयका अनुसार आवश्यकताभन्दा बाहिरका संरचना निर्माणमा बजेट खर्चिँदा जनताको वास्तविक समस्या समाधान हुन सकेको छैन। एक स्थानीयले भने, “हाम्रो मुख्य समस्या पानी, बिजुली, शिक्षा, स्वास्थ्य र बाटो हो, तर आवश्यकताविनै नाचघर बनाइयो। यसले जनतालाई झनै दुःखी बनाएको छ।”

शिक्षा क्षेत्रमा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकाले बालबालिकालाई करिब ७ किलोमिटर टाढा रहेको घोराही बजारसम्म हिँडेर जानुपर्ने बाध्यता रहेको छ। बाटोको अवस्था कमजोर हुँदा वर्षायाममा विद्यार्थी, बिरामी र वृद्धवृद्धालाई आवतजावत गर्न झनै कठिन हुने गरेको स्थानीयको भनाइ छ।

लामो समयको संघर्षपछि खानेपानी र विद्युत् सेवा केही सहज भए पनि शिक्षा, स्वास्थ्य र सडकको समस्या अझै समाधान हुन नसकेको स्थानीय बाबुराम पुनले बताए। उनका अनुसार सहरी स्वास्थ्य केन्द्रमा पहिला तीन जनाको कर्मचारी दरबन्दी रहेकामा हाल कटौती भई दुई जनामात्र राखिएको छ। तीमध्ये पनि अहेब र कार्यालय सहयोगी मात्र रहेका कारण नियमित स्वास्थ्य सेवा उपलब्ध नहुने अवस्था छ। सामान्य उपचारका लागि समेत घोराही झर्नुपर्ने बाध्यता रहेको उनले बताए।

यसैबीच, चुनावी भेटघाटका क्रममा नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले घोरदौराका समस्याबारे आफू जानकार रहेको र समाधानका लागि यथाशीघ्र पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले बाटोको समस्या समाधान भए घोरदौरामा पर्यटन विकासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै पर्यटनसँगै होमस्टे व्यवसाय प्रवर्द्धन गर्न सकिने बताएका छन्।

Facebook Comments