घोराही। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ-१ बाट उम्मेदवारी दिएसँगै नेकपा (माओवादी) का उम्मेद्वार प्रकाश शाही घरदैलो गर्दै मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन्।
घोराही उपमहानगरपालिका–२, रामपुरस्थित अगर्य टोलमा युवा उम्मेदवार प्रकाश शाहीको उपस्थितिले भावनात्मक वातावरण सिर्जना भयो। २०५७/५८ सालको जनआन्दोलनका क्रममा हापुरे घटनामा सैनिककाे गोली लागेर सहिद भएका संग्राम चौधरीको परिवारसँग भेट हुँदा सहिदको बलिदान र अधुरो सपनाको स्मरणले सबैलाई भावूक बनायो।
सहिद संग्राम चौधरीको आमाले छोरा गुमाएको पीडा सम्झिँदै मेरो छोराको सपनाकाे लडाई लडिराख्नुभएको छ मलाई थाछ,- उनले भनिन्। उनले अब सहिदका सपना पूरा गर्ने हजुरहरू जस्तो युवा जिम्मेवार र जनमुखी नेतृत्व आवश्यक रहेको धारणा राखिन्। शाहीले हातमा पकडाई दिइएको गुलावकाे फुल हेर्दै यो कहिले विर्सिनेछैन भनिन्।
प्रकाश शाहीले सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सहिदको बलिदान कहिल्यै बिर्सन नहुने बताए। “सहिदको सपना नै हाम्रो राजनीतिक मार्गदर्शन हो,” भन्दै उनले न्याय, सुशासन र भ्रष्टाचार विरुद्ध, विकास र अवसरमा आधारित परिवर्तनको प्रतिबद्धता जनाए।
भर्खरका पढेलेखेको युवा प्रतिनिधिसभामा उम्मेदवार भन्दै सिङ्गो टोलको जनता उत्साहित बनेको देखिएको थियो। जनतामा नयाँ आशा पलाएको छ। घरदैलो अभियानका क्रममा उनले रामपुरका पुराना नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै गुलाब चुनाव चिन्हमा मतदान गर्न अपिल गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
