• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा कांग्रेसको निर्वाचन परिचालन समिति र सम्पर्क कार्यालय उद्घाटन




दाङ । आगामी निर्वाचनलाई लक्षित गर्दै बंगलाचुली गाउँपालिका स्तरीय नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

 

जागेश्वर अधिकारीको संयोजकत्वमा ३०१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ भने निर्वाचन अभियानलाई सशक्त र व्यवस्थित बनाउन १९ वटा उपसमिति निर्माण गरिएको छ।

 

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाका सभापति जागेश्वर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण सुबेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नारायण प्रसाद भण्डारी, पूर्ण बहादुर मल्ल, ध्रुव कुमार पुन लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बंगलाचुलीमा कांग्रेसको संगठनलाई बलियो बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण तथा जनसम्पर्कलाई तीव्र पार्ने लक्ष्यसहित निर्वाचनमा होमिएको स्पष्ट पारे। उनीहरूले कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य र विकासमुखी एजेन्डाका साथ निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्दै पार्टीलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्तालाई जिम्मेवारीका साथ लाग्न आग्रह गरे।

Facebook Comments