• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मधु र कृष्णलाई घोराही बनाऔँ अभियानले पढाउने




दाङ । आर्थिक अभावका कारण पढाइ छाडेका मधु कौलिक र कृष्ण कौलिकलाई घोराही बनाऔँ अभियानले पढाउने भएको छ। १२ वर्षीय मधु र १० वर्षीय कृष्ण दिदी भाइ हुन् ।

घोराही १५ काठेकोहललस्थित सरस्वती माध्यमिक विद्यालयमा दुवैले कक्षा १ मा पढ्दा पढ्दै पढाइ छाडेको मधुले जानकारी दिइन् । केही वर्ष अगाडि उनको बुबाको निधन भएको थियो । बुबाको घर नेपालगञ्ज भएपनि माइत घोराही भएका कारण हाल मधुको परिवार घोराही मिलनचोकमा भाडा लिएर बस्छ ।

आमा गङ्गा कौलिकले घोराहीमै मिस्त्री काम गर्ने सन्दीपसँग विवाह गरेकी छन्। तर चारैजना साथै बस्छन् कान्छ बुबा सन्दिप पनि उनीहरूलाई पढाउने पक्षमै छन् । तर एकजनाको ज्याला मजदुरीले खान लाउन समेत समस्या परेकाले चाहँदा चाहँदै उनीहरूलाई पढाउन नसकेको सन्दीपको भनाइ छ ।

आफ्नो पढ्ने ठूलो धोको भएको मधु र कृष्णको भनाइ छ । उनीहरुलाई घोराही बनाऔँ अभियानको तर्फबाट आउँदो नयाँ शैक्षिक सत्रदेखि विद्यालय पठाइने अभियानका संयोजक सबिन प्रियासनले जानकारी दिनुभयो । यसैबीच प्रियासनले मधुको लागि न्यानो कपडाको समेत व्यवस्था गरिदिनु भएको छ ।

Facebook Comments