दाङ । आसन्न निर्वाचनको माहोलसँगै दाङ क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरे मतदातामाझ पुग्ने क्रमलाई तीव्र बनाइरहेका छन्।
जनताको घर–आँगनमै पुगेर आशिर्वाद र विश्वास संकलन गर्ने अभियानअन्तर्गत आज उनी घोराही उपमहानगरपालिकाको निमा हल रोड क्षेत्रमा पुगेका हुन्।
निमा हल रोडमा भेटघाट कार्यक्रममा स्थानीय मतदातासँग आत्मीय संवाद गर्दै घिमिरेले जनताको दुख–सुख, समस्या र अपेक्षा नजिकबाट सुने। भेटका क्रममा उनलाई स्थानीयवासीले उत्साहपूर्वक स्वागत गर्दै आशा र भरोसाका शब्दहरू व्यक्त गरेका थिए।
घिमिरेले यो चुनाव केवल सिट जित्ने प्रतिस्पर्धा नभई जनताको भरोसा जित्ने अवसर भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र दिगो विकासलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताए। जनताको माया र आशिर्वादले नै आफूलाई थप जिम्मेवार बनाएको उनको भनाइ थियो।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। निमा हल रोडमा देखिएको जनउत्साहले दाङ क्षेत्र नम्बर–२ को चुनावी माहोल थप तातिँदै गएको संकेत गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
