दाङ । प्रज्ञान क्वीजमा मेचीकाली स्कुल प्रथम भएको छ । घोराही-१३ स्थीत प्रज्ञान एकेडेमीमा रहेको प्रज्ञान क्वीज क्लबको आयोजनामा शुक्रवार भएको प्रज्ञान क्वीज सिजन-१ मा मेचीकाली सेकेन्डरी आवासीय स्कुल बिजयी भएको हो ।
बिजेता मेचीकाली स्कुलले नगद दस हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी गोरखा सेकेन्डरी स्कुल दोस्रो र माउण्टभ्यु सेकेन्डरी स्कुल तेस्रो भएका छन् । दोस्रो हुने गोरखा स्कूलले ७ हजार रुपैयाँ र तेस्रो हुने माउण्टभ्यु स्कूलले ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रज्ञान क्वीज क्लबकी अध्यक्ष ज्योति दर्लामीको अध्यक्षता तथा प्याव्सन नेपालका पूर्व केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासघका केन्द्रिय सचिव सविन प्रियासनकाे विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोर्ड अफ डाइरेक्टरका अध्यक्ष आइतमाली विक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष योगराज महतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल बिरेन्द्र चन्दको स्वागत मन्तव्य तथा नवराज खत्रीले मेन्टरिङ्ग गरेको कार्यक्रम सञ्चालन क्लबकी सचिव कृष्टि खड्काले गरेकी थिइन। विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका २९ विद्यालयको सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
