• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमेकाे साताैँ राष्ट्रपति रनिङ शिल्ड सुरु




रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा सातौँ पालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे।

​प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटनका अवसरमा आयोजित मार्चपासमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुन्बाङ प्रथम भएको छ ।

प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले शिक्षाबिनाको खेलकुद अपूरो हुने धारणा राख्नुभयाे । उहाँले शिक्षालाई नछोडी खेलकुदलाई निरन्तरता दिन आग्रह गर्दै खेलकै माध्यमबाट रुकुम पूर्वको नाम उँचो हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

जिसस उपप्रमुख मोहन बहादुर केसीले हार–जितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै प्रतियोगितालाई सिर्जनात्मक बनाउनुपर्ने बताउनु भएको हाे ।

गाउँपालिका हाेमप्रकाश श्रेष्ठले खेलकुद केवल एउटा प्रतियोगिता मात्र नभएर विद्यार्थीहरूको धैर्यता र अनुशासन सिक्ने एउटा पाठशाला भएको बतााउनुभयाे। खेलाडीहरूले खेल मैदानमा देखाउने व्यवहारले नै उनीहरूको भविष्यको परिचय निर्माण गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँपालिका सधैँ खेल र खेलाडीको उज्ज्वल भविष्यका लागि प्रतिबद्ध रहेकाे उल्लेख गर्नुभयो ।

​कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले खेलकुदलाई विद्यार्थीको वृत्तिविकाससँग जोड्नुपर्नेमा जोड दिनुभयाे। “खेलकुदले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने सामर्थ्य राख्छ,” प्रजिअ परियारले भन्नुभयाे, “हरेक विद्यालयले खेलकुदलाई पाठ्यक्रमको अभिन्न हिस्साका रूपमा प्राथमिकता दिनु आवश्यक छ ।” उहाँले भन्नुभयाे।

गाउँ​पालिका उपाध्यक्ष सविना बुढा मगरले भूमे गाउँपालिकाले शिक्षा र खेलकुदको क्षेत्रमा पछिल्लो समय गुणात्मक परिवर्तन ल्याएको बताउनुभयाे । भयरहित र स्वच्छ वातावरणमा खेल सम्पन्न गर्न आयोजकलाई आग्रह गर्नुभएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य हरि बहादुर थापाका अनुसार यहाँबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूले माघ २३ गतेदेखि पुथा उत्तरगंगाको तकसेरामा हुने जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने थापाले बताउनुभयो ।

​त्यस्तै, युवा नेता तथा समाजसेवी चन्द्र रसाईलीले ग्रामीण क्षेत्रका प्रतिभाहरूका लागि रनिङ शिल्ड एउटा महत्त्वपूर्ण मञ्च भएको बताउनुभयाे । रसाईलीले “दुर्गमका गाउँमा लुकेका प्रतिभालाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता प्रतियोगिताले पुलको काम गर्छन् । युवाहरूलाई अनुशासित बनाउन र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न खेलकुदको नभएको बताउनुभयो ।”

उद्घाटन कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत चेतन बुढा मगरले गरेका थिए ।

Facebook Comments