दाङ । साङ्ग्रिला बिकास बैंक घोराही शाखाले श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारलाई इलेक्ट्रिकल फिल्टर सहयोग गरेको छ । बैंकका शाखा म्यानेजर सुदर्शन बिष्टले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिलाई संयुक्तरुपमा फिल्टर हस्तान्तरण गरिएको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा आफ्नो बार्षिकोत्सबको अवसर पारेर बिद्यालयलाई छनौट गरेर फिल्टर सहयोग गरिएको म्यानेजर बिष्टले बताए । उनले बैंकपनि समाजको अभिन्न अंग भएकाले समाजसंग जोडिएर सदैब काम गर्न तयार रहेको र सोही अनुसार बैंकले आफ्ना सामाजिक गतिबिधि गरिरहने बताए ।
हस्तान्तरण कार्यक्रममा बैंकका अपरेशन इन्चार्ज सरिता शर्मा, लोन अफिसर गौरब बाम र सहायक कर्मचारी भोजराज खनालको सहभागिता रहेको थियो । सहयोग गर्ने बैंक परिवारलाई बिद्यालयको तर्फबाट प्रधानाध्यापक वलिले धन्यवाद दिदै आउदा दिनमा यस्ता कार्यक्रमहरु सहयोग गर्न आग्रह गरे ।
बिब्यस अध्यक्ष भट्टराईले बैंकले सहयोग गरेको फिल्टरबाट बिद्यार्थीलाई शुद्ध पिउने पानीको ब्यबस्था गर्न सहजता हुने बताए । कार्यक्रमको सन्चालन बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
