• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ–१ मा घरदैलोमै जनताको भरोसा बटुल्दै युवा उम्मेदवार प्रकाश शाही




दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १, दाङका लागि उम्मेदवार प्रकाश शाहीले घरदैलो अभियान सुरु गर्नुभएको छ। चुनावी प्रचारको क्रममा शाही टोल–टोल र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना धारणा र एजेन्डा प्रस्तुत गरिराख्नुभएको हो।

घरदैलोका क्रममा शाहीले जनताको समस्या ध्यानपूर्वक सुन्दै विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सुशासन, न्याय र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता राख्नुभएको छ। ४० वर्षीय शाही पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएको हो। उहाँ अखिल क्रान्तिकारी(हाल अखिल समाजवादी)का पूर्वअध्यक्ष हो । नेकपा (माओवादी) का केन्द्रीय सदस्य समेत रहेका शाही भ्रष्टाचारविरोधी अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १, दाङबाट नयाँ युवा अनुहारका रूपमा शाही आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवारको रूपमा चर्चामा हुनुहुन्छ। शाही विद्यार्थी आन्दोलनदेखि सामाजिक न्याय, सुशासन, राष्ट्रियता र भ्रष्टाचारविरुद्ध निरन्तर संघर्ष गर्दै आउनुभएको छ।

Facebook Comments